कांग्रेस एमालेबीच खुट्टा तानातान
जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा सोमबार आयोजित कार्यक्रममा भने सत्तामा बसेकाले कुर्सीमै अडिरहन खोज्नु हुँदैन । उनको अर्थ सोझै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने थियो ।
प्रधानमन्त्री सुशिल कोइरालाले भने आइतबार बसेको चार दलको बैठकमा संविधान जारी भएपछि मात्रै राजीनामा दिने धारणा राखी सकेका छन् ।
भूकम्पको ठूलो क्षतिपछि सत्तारुढ एमाले र प्रतिपक्ष एमाओवादीले तत्काल सर्वपक्षीय राष्ट्रिय सरकार गठन गर्नुपर्ने माग राख्दै आएका छन् कांग्रेसले भने संविधान जारीपछि मात्रै सरकार छाड्ने निर्णय नै गरेको छ ।
शुक्रबार साँझ, आइतबार बिहान र सोमबार बिहान बसेको चार राजनीतिक दलको बैठक समेत कांग्रेस एमालेबीचको विवादले बिना निष्कर्ष टुंगिएको छ । पछिल्लो पटक संविधान निर्माण र राष्ट्रिय सरकार गठनमा कांग्रेस एमालेबीच विवाद बढ्दा राहत तथा पुन निर्माणको विषय समेत ओझेलमा परेको छ । तर दलहरु भने पार्टीगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसक्दा विवाद मिल्न सकेको छैन ।
प्रकाशित मिति:
June 01, 2015