१६ बुँदेले एमाओवादीसँगको पार्टी एकीकरणमा प्रश्नचिन्ह खडा : वैद्य
चितवन, ६ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले लोकतन्त्रका कुरा गर्ने तर सर्वोच्च अदालत विरुद्ध उत्रने दलहरुको कदम संसदीय व्यवस्था र कानुनी राज्यको नीति विपरीत भएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासङ्घ जिल्ला समिति चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अन्तरिम संविधानलाई नै लत्याएर दलहरुले १६ बुँदे सहमति गरेको आरोप लगाए ।
सोह्र बुँदे सहमतिले एमाओवादीसँग हुन लागेको पार्टी एकीकरणमा समेत प्रश्नचिन्ह खडा गरेको उनको भनाइ थियो ।
उनले भने – “यो संविधानसभाले जनताको संविधान बनाउँदैन । यसका लागि जनता सडकमा उत्रिनुको विकल्प छैन ।”
भूकम्पछिको राहत तथा पुनःनिर्माण कार्यमा सरकार चुकेको भन्दै अध्यक्ष वैद्यले केन्द्रदेखि गाउँ तहसम्म सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरेर पुनःनिर्माण कार्यमा जुट्नुपर्ने बताए ।
अध्यक्ष वैद्य पार्टी केन्द्रीय समितिको निर्णयलाई जिल्ला तहमा पु¥याउने र जिल्ला तहका नेता कार्यकर्ताको सुझाव लिने सिलसिलामा चितवन आइपुगेका हुन् ।
प्रकाशित मिति:
June 21, 2015