राष्ट्रिय वाणिज्य बैंकको भद्रपुरमा एक्सटेन्शन काउण्टर
काठमाडौं ८ साउन । राष्ट्रिय वाणिज्य बैंकले भद्रपुर चन्द्रगढीमा एक्सटेन्शन काउण्टर सेवा सुरु गरेको छ । करदाताको सुविधालाई विशेष ध्यानमा राखेर बैंकले मालपोत कार्यालय चन्द्रगढी परिसरमा सेवा सुरु गरेको हो ।
बैंकले आइतबारदेखि औपचारिक रुपमा सेवा सुरु गर्ने राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख गोपाल पौडेलले जानकारी दिए । झापाको भद्रपुरमा शाखा कार्यालय रहेको बैंकले मालपोत कार्यालयमा कर तिर्न आउने करदाताको सुविधाका लागि एक्सटेन्शन काउण्टर सेवा सुरु गरेको पौडेलले बताए ।
काउण्टर सेवासँगै जिल्लाका राजस्व जम्मा गर्ने करदातालाई सहुलियत पुग्ने बैंकले जनाएको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको देशभर डेढ सय भन्दा बढी शाखा कार्यालय रहेका छन् । बैंकको करिब १८ लाख भन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ ।
बैंकको काठमाडौं क्षेत्रमा ३६, विराटनगर क्षेत्रमा ३६, वीरगन्जमा १७, पोखरा क्षेत्रमा २८, नेपालगञ्ज क्षेत्रमा ३१ शाखा कार्यालय छन् ।
प्रकाशित मिति:
July 24, 2015