निर्वाचनको काम थाल्न सरकारले आयोगलाई गर्यो अनुरोध
काठमाडौं, २० माघ
सरकारले स्थानीय निर्वाचनको तयारी अगाडी बढाउन निर्वाचन आयोगलाई औपचारिक अनुराध गरेको छ ।
नेपाल सरकार मन्त्रीपरिषदको बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले वैशाख अन्तिम सातादेखि १० जेठ भित्र स्थानीय निर्वाचन सम्पन्न गराउने गरी तयारी अगाडी निर्वाचन आयोगलाई अनुरोध गरेको हो । मन्त्रीपरिषदले आयोगलाई निर्वाचन सम्बन्धी प्राविधिक लगायत सबै तयारी प्रक्रिया अगाडी बढाउन पत्राचार समेत गर्ने भएको छ ।
सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले निर्वाचने मिति नतोके पनि निर्वाचन आयोगलाई निर्वाचनको तयारी सुरु गर्न अनुरोध गर्दै पत्र लेख्ने निर्णय भएको बताए ।
कानुनमन्त्री अजयशंकर नायकले सरकारले आयोगलाई तयारी थाल्न औपचारिक आग्रह गरेकाले अब निर्वाचनको सुनिश्चिचता भएको दाबी गरे । ‘निर्वाचन हुने हो कि होइन भनेर विभिन्न आशंकाहरु पनि थिए,’ मन्त्री नायकले भने, ‘अब निर्वाचन हुने निश्चित भएको छ, सरकारले चाँडै मिति समेत घोषणा गर्नेछ ।’
सरकारले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनबारे देखिएको विवाद अध्ययनका लागि स्थानीय विकास तथा संघीय मामिला मन्त्री हितराज पाण्डेको संयोजकत्वमा एक सुझाव समिति गठन गरेको छ । समितिले मुख्य गरेर दुई नम्बर प्रदेशमा देखिएको विवाद अध्ययन गरेर दुई हप्ताभित्र सुझाव पेश गर्नुपर्ने कार्यादेश दिइएको छ ।
प्रकाशित मिति:
February 02, 2017