निर्वाचन कार्यालय घेराउका क्रममा बाबुराम भट्टराई र सिपी गजुरेल पक्राउ
काठमाडाैं २० चैत । दलीय चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोग घेराउ गर्न गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईसहितका नेताहरु पक्राउ परेका छन् ।
कान्तिपथस्थित आयोगको कार्यालय घेराउ गर्न पुगेका भट्टराईसहित नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल, नयाँ शक्ति नेतृसमेत रहेकी पत्नी हिसिला यमी लगायतका नेता पक्राउ परेका हुन् ।
जुलुससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरी ट्रकमा हालेर लगेको थियो ।
नयाँ शक्तिलगायतका निर्वाचन आयोगमा दर्ता भएका ६४ दलले स्थानीय तह चुनावमा दलीय चुनाव चिन्ह नदिएको भन्दै कान्तिपथस्थित निर्वाचन आयोग अगाडि धर्ना दिन पुगेका थिए । उनीहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई ज्ञापन पत्र दिएका थिए ।
प्रकाशित मिति:
April 02, 2017