भरतपुरमा देवी रेणुबीच कडा टक्कर
भरतपुर ६ जेठ
भरतपुर महानगरपालिकामा एमाले मेयर उम्मेदवार देवी ज्ञवाली र कांग्रेस माओवादी संयुक्त प्यानलका मेयर उम्मेदवार रेणु दाहालबीच कडा टक्कर देखिएको छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार ज्ञवाली माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालभन्दा दुई सय ९४ मतले अघि रहेका छन् ।
अहिले दश नम्बर वडाको मत गणना भइरहेको छ । ज्ञवालीले १५ हजार तीन सय ४७ मत प्राप्त गरेका छन् भने दाहालले १५ हजार ५३ मत पाएकी छिन् । उपमेयरमा कांग्रेस उम्मेदवारको अग्रता लगातार बढिरहेको छ । कांग्रेस उम्मेदवार पार्वती शाहले १७ हजार तीन सय ३० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्माले १३ हजार दुई सय ९२ मत पाएकी छिन् ।
प्रकाशित मिति:
May 20, 2017