सरकार र निर्वाचन आयोगको कमजोरीले सुनवल घटना : माओवादी
नवलपरासी, १२ असार । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीलाई लक्षित गरी आइतबार नवलपरासीको सुनवलमा गराइएको बम विस्फोटको घटनाको भर्त्सना गरेको छ । नेकपा माओवादी केन्द्र नवलपरासीका इन्चार्ज घनश्याम यादवले प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका हुन् ।
विज्ञप्तिमा माओवादीले आफ्नो पार्टीको चुनावी र्यालीमा गरिएको आक्रमणलाई परिवर्तन विरोधीको आक्रमण भनी त्यसको निन्दा गरेको छ। सरकारको र निर्वाचन आयोगको वेवास्ता र लापरवाहीका कारण यस्तो घटना भएको भन्दै सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
घटनामा घाइते हुनेको निशुल्क उपचार, भौतिक क्षति भएकाको क्षतिपूर्तिको माग गर्नुका साथै घटनामा संलग्नलाई कडा कार्वाहीको माग समेत माओवादीले गरेको छ ।
प्रकाशित मिति:
June 26, 2017