• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » कांग्रेस एमालेका छ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
कांग्रेस एमालेका छ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

साउन ४, ललितपुर । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गणेशबहादुर केसीसहित विभिन्न पार्टी परित्याग गरी छ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार बिहान ललितपुरको थासीखेलमा आयोजित कार्यक्रममा नेता केसीसहित छ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्ने कांग्रेस नेता–कार्यकर्तामा रामप्रसाद बजगाई, रमेश दाहाल, गुप्त बहादुर बराम, तीर्थराम महर्जन, नकुल महर्जन, रामबहादुर बि.क., गोविन्द प्रसाद दाहाल, श्याम तामाङ, सुजाता केसी, कुबेर बस्नेत, राजन केसी, भीमसेन सत्याल, रमेश घिमिरे, रबिन्स घिमिरे केसी, बालकृष्ण तिमिल्सिना, विजय बाँस्कोटा, दमन केसी, चन्द्र घले, गौबिर थापा, लालध्वज खतिवडा, टंकमणि सत्याल, रमेश शाही, गुरुकूल महर्जन, शान्तिदेवी बज्राचार्य, शिबकुमारी खकुरेल, दिपाकुमारी पौडेल, भगवती बिष्ट लगायत रहेका छन् ।

यसैगरी एमालेबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा कृष्णप्रसाद घिमिरे, केशवप्रसाद तिमिल्सिना, सुरेश घिमिरे, केपी न्यौपाने, हरिहर पाठक, सानुकाजी महर्जन, रुपेश धिमाल, कर्मा शेर्पा रहेका छन् । अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेहरुमा विनोद तिमिल्सिना, आशिषराज बस्नेत, भीमप्रसाद घिमिरे, अशोक महर्जन, ज्ञानकुमार महर्जन, श्यामकाजी महर्जन, सुरेश महर्जन, लवदेव अवस्थी, फडिन्द्र पाण्डे, छोटु लामा, जुनादेवी पराजुली लगायत रहेका छन् ।

माओवादी केन्द्र प्रवेश गर्ने नवआगन्तुक नेता–कार्यकर्तालाई पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी प्रवक्ता पम्फा भुसालले खादा र टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । कार्यक्रममा ललितपुर जिल्लाबाट स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति: July 19, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |