रिङरोडमा ट्रक ट्रिपर चलाउन आजदेखि रोक, चलाए ५ हजार जरिवाना
काठमाडौं २८ असार । सरकारले आजदेखि काठमाडौंको चक्रपथ (रिङरोडमा) मा ट्रक, ट्रिपर र मिनीट्रक प्रवेशमा रोक लगाएको छ ।
काठमाडौंको बढ्दो ट्राफिक जामलाई सहज बनाउने उद्देश्यले सरकारले यस्तो नियम लागू गरेको हो ।
अब ट्रक ट्रिपरले बिहान साढे ६ देखि साढे ८ र बेलुका साढे ३ देखि साढे ६ बजेसम्म मात्र प्रवेश पाउने भएका छन् । नियम मिचेमा २ हजारदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ ।
यस्तै, पूर्वबाट राजधानी भित्रिने ट्रक, ट्रिपर र मिनि ट्रकलाई पनि बनेपामा नै रोक्ने व्यवस्था मिलाइएको बताइएको छ ।
यसअघि बिहान ७ बजेअघि र बेलुका ८ बजेपछिको समयबाहेक चक्रपथभित्र ट्रक, ट्रिपर र मिनि ट्रक चलाउन नपाइने नियम रहेको थियो ।
प्रकाशित मिति:
July 12, 2017