भरतपुर १९ को मतगणना जारी, मतगणना स्थलमा तारजाली
चितवन, २० साउन । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना सुरु भएको छ । १०ः३० बजेदेखि गन्न सुरु गरिने भनिएपनि झण्डै एक घण्टापछि मतगणना सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजनीतिक दलसँगको सहमतिपश्चात् मतगणनास्थल कभर्डहलमा मतगणना सुरु गरिएको हो ।
पहिलो चरणको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको अन्तिम चरणमा आइपुग्दा जेठ १४ गते राति मत्रपत्र च्यातिएको थियो । मतपत्र च्यातिएसँगै रोकिएको मतगणना आज पुनःमतदानपछि सुरु गरिएको हो । मतगणनास्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ ।
मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन ।

प्रकाशित मिति:
August 04, 2017