सिटिजन्स बैंकले १६ प्रतिशत बोनश सेयर दिने
सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत सेयर वितरण गर्ने निर्णय बैंकले गरेको हो । यद्यपी, बैंक सञ्चालक समितिको निर्णय राष्ट्र बैंक स्वीकृत र साधारणसभाबाट पारित हुन बाँकी छ ।
बैंक संचालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको भएको हो ।
सिटिजन्सले राष्ट्र बैंकले तोकेको आठ अर्ब पुर्याउन दुई पटक राइट शेयरपछि १६ प्रतिशत बोनश सेयर दिएर पुर्याउने रणनीति लिएको पाइएको छ । बोनसपछि बैंकको पूँजी आठ अर्ब ३ करोड पुग्नेछ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड छ ।
गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी १७ रुपैंया ४८ पैसा छ । बैंकको पूँजीकोष अनुपात १६.९१ प्रतिशत, निष्कृय कर्जा अनुपात १.२८ प्रतिशत, प्रतिसेयर नेटवर्थ १३६.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.०५ गुणा छ ।
प्रकाशित मिति:
August 18, 2017