फिफा वरियतामा नेपालको एक स्थान सुधार
काठमाडौँ, २६ साउन । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
ब्राजिल जर्मनीलाई पछि पार्दै विश्व वरियतामा पहिलो स्थानमा उक्लिएको छ । जर्मनी दोस्रोमा झरेको छ । त्यस्तै अर्जेन्टिना तेस्रो, स्वीट्जरल्याण्ड एक स्थान सुधार गर्दै चौथो तथा एक स्थान नै सुधार गर्दै पोल्याण्ड पाँचौँ स्थानमा उक्लेका छन् ।
प्रकाशित मिति:
August 11, 2017