सरकारको नेतृत्वकर्ता दलको विद्यार्थी संगठनद्धारा डा केसीको पक्षमा नाराबाजी
काठमाडौँ, २७ साउन । सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घका नेताहरुले सुलभ र प्रभावकारी स्वास्थ्य शिक्षाको माग गर्दै आमरण अनशनरत प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् ।
कार्यक्रममा नेविसंघका नेता दीपक भट्टराई, सहमहामन्त्रीद्वय साधना घिमिरे र ललिता सुनारलगायत ३५ जना केन्द्रीय सदस्य एवं उपत्यकास्थित क्याम्पसका एकाइ सभापतिहरुको उपस्थिति रहेको केन्द्रीय सदस्य तेजबहादुर बानियाँले जानकारी दिए ।
सो अवसरमा नेताहरुले केसीको माग पूरा गरी छिटो अनशन तोडाउने पहल गर्न सरकारसँग माग पनि गरेको छ ।
प्रकाशित मिति:
August 11, 2017