कृषि मन्त्रालयका कर्मचारीबाट १ करोड २० लाख सहयोग

कृषिमन्त्री रामकृष्ण यादवको अध्यक्षतामा अाइतबार भएको मन्त्रालय मातहतका सबै निकायका प्रमुखको बैठकले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
जसअनुसार सचिवले पाँच दिन, सहसचिवले चार दिन, उपसचिव र अधिकृतले तीन दिन, नायव सुब्बा र खरिदारले दुई दिन तथा श्रेणीविहीन कर्मचारीले एक दिन बराबरको तलब प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् ।
यसअघि मन्त्रालयले अविरल बाढी र पहिरोबाट कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल राहत दिन उच्चस्तरीय समिति गठन गरी आवश्यक काम कारबाही अघि बढाइसकेको छ ।
प्रकाशित मिति:
August 15, 2017