नेपाल चीनबिच आज तीन सम्झोतामा हस्ताक्षर हुँदै
काठमाडौं ३१ साउन । नेपाल र उत्तरी छिमेकी राष्ट्र चीनबीच आज तीनवटा सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा यी सम्झौता हुन लागेका हुन् ।
यस्तै चीनको राज्य परिषदका उपप्रधानमन्त्री याङले हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्ने कार्यक्रम छ । नौतले दरबार चीनको सहयोगमा जिर्णोद्धार हुन लागेको हो ।
नेपाल सरकारको निमन्त्रणामा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका याङले मंगलबार नै राजनीतिक भेटघाट पनि सुरु गर्नेछन् । उनले मंगलबार उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भने बुधबार भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति:
August 15, 2017