वीरगन्जमा ठूला दललाई हम्मे हम्मे, संघीय फोरमसँग पछि पर्यो कांग्रेस
काठमाडौं ८ असोज
प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका वीरगन्जमा ठूला दललाई सान जोगाउन मुस्किल परेको छ । यसअघि अग्रतामा रहेको नेपाली कांग्रेस समेत पछिलो पटक पछि परेको छ । एमाले र माओवादी केन्द्र भने तेस्रो र चौथो स्थानमा छन् ।
आइतबार बिहानको मतपरिणाम अनुसार महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीचको मतान्तर ३८ मात्र छ । पछिल्लो नतिजामा कांग्रेसका अजय द्विवेदीले ९१९४ मत ल्याएका छन् भने फोरमका विजय सरावगीले ९२९२ मत ल्याएर अग्रता देखाएका छन् ।
सुरूमा राजपाले अग्रता लिएको वीरगन्जमा पुनः कांग्रेसले अग्रता लिएको थियो । तर राजपा पछि पर्न साथ संघीय अगाडी बढेको छ । उपमेयरमा भने नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ।
प्रकाशित मिति:
September 24, 2017