९२ वर्षीय वृद्धका १०७ पत्नी, भन्छन्-'अझै विहे गर्छु'
एजेन्सी । नाइजेरियाका ‘मोहमद बेल्लो अबुबकर’ ९२ वर्षका भए । उनका १०७ पत्नी र १८५ जना छोरा छोरी छन् । अझै विहे गर्ने उनको चाहाना मरेको छैन् । कम्तिमा पनि अर्की एक श्रीमती भित्र्याउने उनको चाहाना छ । उनी भन्छन् ‘अहिलेसम्म म मरेको छैन्, जबसम्म जीवित रहन्छु तबसम्म विवाह गर्ने काम जारी राख्छु । मुस्लिम धर्ममा कट्टर विश्वास राख्ने मोहम्मद बेल्लो विहे गर्नु आफ्नो इच्छा मात्र नभइ भगवानको आदेश भन्छन् ।
केही मुस्लिम अधिकारीसँग बेल्लोको झगडा भएको थियो । बेल्लोको परिवारलाई समुदाय भन्ने गरिएको छ । केही समय अघि बेल्लोको मृत्युको हल्ला फैलिएको थियो । बिरामी रहेका १८५ बच्चाका बाबुको मृत्यु भयो भन्ने खबर मिडियाहरुले दिएका थिए । आफ्नो मृत्युको खबर अपरिचत विरोधीहरुले फैलाएको बेल्लो बताउँछन् ।
आफ्नो मृत्युको हल्ला फैलिपछि उनले आफू जीवित र पूर्ण रुपमा स्वस्थ रहेको भन्दै पत्रकार माझ गएका थिए । आफू माथि अहल्लाले गरेको कृपाबाट जलन भएकाले आफ्नो मृत्युको हल्ला फैलाएको बेल्लोको दावी छ ।
बेल्लो भन्छन् ‘मैले जे गरिरहेको छु त्यो केबल अहल्लाको आदेश अनुसार गरेको छु अन्तिम समयसम्म पनि यही गरिरहने छु।’
प्रकाशित मिति:
September 10, 2017