• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Paper News » पाँच महिनादेखि विज्ञान विषय पढाई रोकियो, गणित पनि बिएड गरेकाले पढाउँदै
पाँच महिनादेखि विज्ञान विषय पढाई रोकियो, गणित पनि बिएड गरेकाले पढाउँदै

काठमाडौं ३० भदौ । इलामको सन्दकपुर गाउँपालिकाको जमुनास्थित भगवती माध्यमिक विद्यालयमा विज्ञान विषयको पढाइ नै हुँदैन । कक्षा ९ र १० का विद्यार्थीले विज्ञान विषयको पुस्तक नखोलेको पाँच महिना भयो ।

विज्ञान पढाउने शिक्षक विद्यालयमा नहुँदा यहाँका विद्यार्थीलाई कसरी पढाउने भन्ने समस्या प्रधानाध्यापकलाई छ । कक्षा १० का विद्यार्थीले आगामी चैतमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै छन् ।

विद्यालयमा कक्षा १० मा ३५ विद्यार्थी अध्ययनरत छन् । ‘बिएससी शिक्षक नहुँदा पढाइ ठप्प छ’, विद्यालयका प्रधानाध्यापक जनकलाल सापकोटाले भने ।

शिक्षक नियुक्ति गर्न निर्वाचन आचारसंहिताले नदिएका कारण कक्षा ९ र र१० का विद्यार्थीलाई अत्यन्तै गाह्रो भएको उनी बताउँछन् ।

‘गणित विषय पनि बीएड गरेका शिक्षकलाई पढाउन लगाएका छौं, मावि तहका विषय शिक्षक छैनन’, प्रधानाध्यापक सापकोटा भन्छन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: September 15, 2017

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


पैसा तिरे लाइसेन्स बिनै सवारी चलाउ...

मनाङेलाई प्रहरीले जुनसुकै बेला समात...

राजतन्त्रको नारायणाहिटी दरबार भन्दा...

देउवालाई बैठकमै नेताहरुले थर्काए, '...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • आजको राशिफल 09 March 2013
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
गृह पृष्ठ |