दिदी एमालेबाट उम्मेदवार, भाई राप्रपाको उम्मेदवार, दाई चुनाव विरोधी
काठमाडौं २५ भदौ
जनकपुर उपमहानगरपालिकास्थित सरोज मिश्रको घरमा यतिबेला रोचक घटना घटेको छ । प्रदेश दुईको निर्वाचन नजिकिदैं आउँदा सबै भन्दा सकस त मिश्रकी आमालाई छ ।
वडा नं. ८ स्थित मिश्र परिवारमा सरोज मिश्र निर्वाचन विरोध हुन् । तर सरोज मिश्रकी आफ्नै दिदी पुनम मिश्र भने नेकपा एमालेको तर्फबाट जनकपुर उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी हुन् ।
अझ, सरोज मिश्रकै सहोदर भाइ अम्भोज मिश्र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट उपमहानगरपालिकाको वडा नं. ८ मा वडा सदस्यको लागि उम्मेदवार बनेका छन् ।
एकै परिवार तीन तिर छरिएपछि यतिबेला उपमहानगरपालिकाकै रोचक घटना जस्तै बनेको छ त्यहाँ । परिवारका सदस्यहरुलाई भने कसको कुरा सुन्ने भनेर सकस छ ।
प्रकाशित मिति:
September 10, 2017