एभरेष्ट बैंकको सेयर लिलामीमा खुल्ला
काठमाडौं
एभरेष्ट बैंकको हकप्रद निष्काशनको सयममा बिक्रि बाँकी रहेको सेयर लिलामीमा बिक्रिका लागि खुल्ला गरेको छ । बैंकको दुई लाख ५३ हजार ७९७ कित्ता साधारण सेयरमा आईतबारदेखि लिलामीमा आएको हो ।
इच्छुक बोलपत्रदाताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा एक सय कित्ता वा १० ले भाग जानेगरी सबै कित्ता सेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
प्राप्त बोलपत्रहरु बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थितिमा असोज २ गते बिहान १० बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा खुला गरिने कम्पनीले जनाएको छ ।
बैंकको गत आर्थिक बर्षमा वित्तिय विवरण अनुसार एक अर्ब ९८ करोड रुपेयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा कायम गरेको छ । बैंकको आइतबार नेपाल स्टकमा प्रतिसेयर १२ सय ६० को हाराहारीमा किनबेच भईरहेको छ ।
प्रकाशित मिति:
September 10, 2017