कालिकामाई अध्यक्षमा जनता दल र उपाध्यक्षमा फोरम नेपाल विजयी
पर्सा, ५ असोज । कालिकामाई गाउँपालिकाका अध्यक्षमा नेपाली जनता दलका नथुनीप्रसाद कुशवाहा विजयी भएका छन् ।
बिहीबार सम्पन्न मतगणनाको परिणामानुसार जनता दलका कुशवाहाले दुई हजार ८१६ र उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका लालसादेवीले दुई हजार ६९६ मत हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसै उपाध्यक्षमा फोरम नेपालका राजेश चौरसिया दुई हजार ९१४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जनता दलकी मालतीदेवी कोइरीले दुई हजार ६३० मत हासिल गरेको सूचना अधिकृत महेश साहले जानकारी दिए ।
त्यसै गाउँपालिका वडा नं १ का वडाध्यक्षमा नेपाली काँग्रेसका शिवनाथ कुर्मी, २ मा सोनालाला चौरसिया, ३ मा सञ्जय पटेल, ४ मा हरिओम प्रसाद र वडा नं ५ का वडाध्यक्षमा पवन तिवारी विजयी भए ।
प्रकाशित मिति:
September 21, 2017