महोत्तरीमा ३ मा कांग्रेस, एकमा माओवादी विजयी
महोत्तरी ६ असोज । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सम्सी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका फारुक शेख र उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव विजयी भए ।
सम्सी गाउँपालिकामा माओवादी केन्द्रका फारुक शेखले दुई हजार ३४८ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भए । त्यस्तै, उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव एक हजार ८८७ मत प्राप्त गरी विजयी भइन् ।
लोहारपट्टि नपामा काँग्रेसको जित
महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेस विजयी भएको छ ।
निर्वाचन अधिकृत लेखनाथ लुइँटेलका अनुसार लोहारपट्टि नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत प्राप्त गरी विजयी भए भने उपप्रमुखमा सोही पार्टीकी सरितादेवी शर्माले चार हजार ५९२ मत प्राप्त गरी विजयी भइन् ।
औरही नपामा काँग्रेस र राजपा विजयी
महोत्तरी जिल्लाको औरही नगरपालिकामा नेपाली काँग्रेस र राजपा विजयी भएका छन् ।
निर्वाचन अधिकृत रामेश्वर कुँवरका अनुसार औरही नगरपालिकाको प्रमुख पदमा काँग्रेसका सुनिलकुमार यादव विजयी भएका छन् ।
त्यस्तै, औरही नगरपालिकाको उपप्रमुख पदमा राजपाकी रेणु झा विजयी भइन् ।
बलबा नपा प्रमुखमा काँग्रेस, उपप्रमुखमा राजपा
महोत्तरी जिल्लाको बलवा नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस र उपप्रमुख पदमा राजपा विजयी भएका छन् ।
निर्वाचन अधिकृत सुदीपकुमार दंगालका अनुसार बलवा नगरपालिकाको प्रमुख पदमा काँग्रेसका विनोद यादव र उपप्रमुख पदमा राजपाकी रीतादेवी झा विजयी भए ।

प्रकाशित मिति:
September 22, 2017