गृहराज्य मन्त्रीले भने, ‘हिजैदेखि टोलटोलमा सादा पोसाकका प्रहरी’
काठमाडौं ७ असोज
गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुण्डागर्दी अन्त्य गर्नकै लागि टोलटोलमा सादा पोसाकका प्रहरी परिचालन अभियान संचालन गरेको बताएका छन् ।
जागरण सञ्चार नेपालद्धारा शनिबार आयोजित देशव्यापी साँस्कृतिक अभियानको उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री श्रेष्ठले शुक्रबारबाट गुण्डागर्दी अन्त्यका लागि प्रहरी खटाइएको बताए ।
गुण्डागर्दी र असुरक्षाका कारण आमनागरिकले त्रासको वातावरण महशुस गर्नुनपरोस भन्ने सरकारको योजना रहेको उनले बताए । प्रदेश २ को जस्तै प्रतिनिधिसभा र प्रदेशसभाको लागि मंसिरमा हुने निर्वाचन पनि मयरहित वातावरणमा हुने दावी राज्यमन्त्री श्रेष्ठको थियो ।
जागरण सञ्चार नेपालले कलाको माध्यमबाट राष्ट्रको पहिचान जगाउने नारासहित आजबाट देशव्यापी साँस्कृतिक अभियानको थालनी गरेको हो । उक्त अवसरमा राष्ट्रियस्तरका कलाकारहरुले नृत्य, गित र हाँस्य प्रस्तुतिहरुको दिएका थिए ।
प्रकाशित मिति:
September 23, 2017