• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News » विप्लवको कब्जामा रहेका थवाङ गाउँपालिकाका अध्यक्ष छुटे
विप्लवको कब्जामा रहेका थवाङ गाउँपालिकाका अध्यक्ष छुटे

काठमाडौं १ असोज
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको अपहरणमा परेका थवाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती मगर अपहरणमुक्त भएका छन् ।

२९ भदौ रातको समयमा थवाङको कोइजाबाङबाट अपहरणमा परेका अध्यक्ष घर्ती मगरलाई रोल्पा नगरपालिका वडा नं. १० धबाङको भनभने स्थानबाट ३१ भदाैकाे साँझ अपहरणमुक्त गरिएको हो ।

उनलाई पत्रकारको रोहरबारमा अपहरणमुक्त गरिएको थियो । अपहरणमुक्तपछि प्रशासनले उनको स्वास्थ्य परिक्षण गर्नुका साथै आवश्यक जानकारी लिने काम गरेको छ ।

अपहरणपछि ३० भदौमा नेकपाले विज्ञप्ति जारी गर्दै उनलाइ आफूहरुले नियन्त्रणमा लिएको जनाएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गाउँसभाको उदघाटनमा जाने भएपछि त्यसको दुई दिन उनको अपहरण भएको थियो ।

गाउँपालिकाको अध्यक्षको अनुस्थितिमा समेत पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको प्रमुख आतिथ्यतामा गाउँसभा शनिबार भयो ।

प्रकाशित मिति: September 17, 2017

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |