केसीको गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती हो: माओवादी नेता श्रेष्ठ
पौष २५ काठमाडौँ
त्रिवि शिक्षण अस्पतालका प्रा. डा.गोविन्द केसीलाई पक्राउ गरेको भन्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आपत्ती जनाएका छन् ।
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका केसीको गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती भएको उनले बताएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती हो । अदालतको मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’
माअोवादी नेता श्रेष्ठले भने अदालत भगवान नभएको भन्दै मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाउनु गलत भएको बताएका छन् ।
प्रकाशित मिति:
January 09, 2018