• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Serofero » स्वयम्भू आगलागीबाट ३० लाख बराबरको क्षति
स्वयम्भू आगलागीबाट ३० लाख बराबरको क्षति

काठमाडौँ, २९ पुस
काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ ।
भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिएका छन् ।

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुगेका थिए । घटनामा मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति: January 13, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |