• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » एक सय दलले बुझाए आयव्यय विवरण
एक सय दलले बुझाए आयव्यय विवरण


काठमाडौँ, ७ माघ । निर्वाचन आयोगमा अहिलेसम्म १०० भन्दा बढी राजनीतिक दलले आयव्यय विवरण बुझाएका छन् ।


साउनदेखि अहिलेसम्म आव २०७३/७४ को १०७ राजनीतिक दलले आयव्यय विवरण बुझाएको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध शाखाका शाखा अधिकृत घमचन्द्र तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाललगायत दलले आयव्यय विवरण बुझाएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७४, दफा ४२ मा दलले लेखा परीक्षण गराई आव शुरु भएको छ महिनाभित्र आयोगमा आयव्यय विवरण बुझाउनुपर्ने उल्लेख छ । आयोगमा १३७ दल दर्ता भए पनि पार्टी एकीकरण हुँदा अहिले त्यो संख्या १२५ पुगेको छ । तिमिल्सेनाले माघभित्र आयव्यय विवरण बुझाउने समयसीमा रहेको र तोकिएको समयमा आयव्यय विवरण नबुझाउने दललाई रु १० हजार जरिवाना गरिने जानकारी दिए ।

प्रकाशित मिति: January 21, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |