ओली निवासमा पार्टी एकता संयोजन समितिको बैठक जारी
काठमाडौं माघ ७
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा अहिले नेकपा एमाले तथा माओवादीको पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ ।
एमाले अध्यक्ष ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै एकता संयोजन समिति र कार्यदलका नेताहरुको समेत सहभागीता रहेको वैठकमा पार्टी एकताका विषयमा छलफल भएको छ ।
एमाले अध्यक्ष ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै एकता संयोजन समिति र कार्यदलका नेताहरुको समेत सहभागीता रहेको वैठकमा पार्टी एकताका विषयमा छलफल भएको छ ।
बैठक ३ बजेबस्ने भनिएपनि निर्धारित समयभन्दा केही ढिलोगरीमात्रै सुरु भएको छ । बैठकमा यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि साझा उम्मेदवार तय र प्रदेश सभा गठन गर्न गठित ६ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाउनेछ । साथै लागि यो बैठकले अर्को कार्यदल गठन गर्ने बताइएको छ ।
प्रकाशित मिति:
January 21, 2018