• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, Serofero » पितृलाई पिण्डदान गर्न भारत पुग्ने नेपाली यसरि ठगिन्छन्
पितृलाई पिण्डदान गर्न भारत पुग्ने नेपाली यसरि ठगिन्छन्

 भारत, ७ माघ 
प्रसिद्ध धार्मिकस्थल बनारस र गयामा नेपाली ठगिने गरेका छन् । धार्मिक आस्था र विश्वासका साथ तर्पण र श्राद्ध गर्न त्यहाँ पुगेका नेपाली धर्मका नाममा स्थानीय पुरोहितबाटै ठगिने गरेका हुन् । बनारसमा स्थानीय पुरोहितले नेपालीका लागि भनेर मुण्डन गर्ने स्थान छुट्याएर पैसा लिने गरेका छन् भने गयामा स्थानीय पुरोहितले पूजाआजा तथा श्राद्ध गर्ने स्थान पैसा तिरेर किन्नुपर्ने बाध्यतामा पार्ने गरेको छ । नेपाली त्यहाँ मुण्डन र श्राद्ध गर्न भारु ३०० देखि १० हजाससम्म तिर्न बाध्य हुन्छन् । 

“नयाँ स्थान र नयाँ परिवेशका कारण नेपालीलाई धेरै विषयमा जानकारी नहुनाले उनीहरु ठगिन्छन्” – रुपन्देही शुद्धोधन गाउँपालिकाका बमलाल भण्डारीले भने । नेपालबाट भारतीय तीर्थस्थल पठाउने माध्यमको खोजी गरेरमात्रै धार्मिकस्थल जान नेपालीलाई आग्रह गर्दै उनले त्यसरी जाँदा कम खर्चमा तर्पण र श्राद्ध गरेर घर फर्कन सकिने जानकारी दिए । 

रुपन्देहीको सैनामैना–५ नगरपालिकाका युवराज ज्ञवालीले धर्मको नाममा भारतका तीर्थस्थलहरुमा नेपालीमाथि ठगी हुँदैआएको बताए। ती ठाउँमा आफ्नै पुरोहित लगेर पनि श्राद्ध वा तर्पणको काम गराउन नपाउनु नेपालीमाथिको अन्याय उनको धारणा छ । 

उहाँले वनारस र गया आउने १० वर्षअघिको धोको पूरा भएको र आफ्ना दिवंगत भएका पितृको आत्माले शान्ति पाओस् भनेर यस क्षेत्रमा तर्पण र श्राद्ध गर्न आएको बताए। 

भारतको बनारस र गयामा हरेक वर्ष डिसेम्बरदेखि मार्चसम्म नेपालका विभिन्न जिल्लाबाट झण्डै दुई लाख नेपाली तर्पण र श्राद्ध गर्न पुग्ने गरेको बताइन्छ । 

स्थानीय पं रामकुमार ओझाका अनुसार विष्णु भगवान्ले गयासुर राक्षसलाई दबाएर मारेको र उसलाई पिण्डदान गरेकाले त्यो प्रचलन अहिलेसम्म चल्दै आएको छ । त्यसकारण मृत्युपछि पिण्डदान गरे मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । उनले कुनै पनि नेपालीलाई ठग्ने काम नभएको जिकिर गर्दै आफूले गरेको कामको शुल्कमात्रै लिएको बताए । 

धुन्धकारीको मृत्युपछि बनेको प्रेतको उद्धार भएको र महाभारत युद्धमा भएको नरसंहारको कंलङ मेटाउन आफ्ना कुललाई पिण्डदान गरेको धार्मिक विश्वास रहेको पं ओझाको भनाइ छ । धेरै नेपाली भारतको बनारस नुहाउन र तर्पणका लागि जाने गर्छन् । श्राद्ध गर्न गया प्रसिद्ध मानिन्छ । 

बनारसमा बाबा विश्वनाथ मन्दिर, शृंगारगौरीमा मन्दिर, काल भैरव, दुर्गाकुण्ड, तुलसी मानस मन्दिर, संकटमोचन मन्दिरलगायतका धार्मिकस्थलमा पूजाआजा र दर्शन गर्न पाइन्छ भने गया मोक्षधामका रुपमा परिचित छ । गयामा श्राद्ध गर्नका लागि एक हजार ४०८ पण्डित छन् जसले आ–आफ्नो धर्म र संस्कारअनुसार श्राद्ध गराउने गर्छन् । भारतको प्रान्तअनुसार बेग्लाबेग्लै धर्म र संस्कारअनुसार यी तीर्थस्थलमा पिण्डदान र श्राद्ध हुने गरेको बताइन्छ । 

प्रकाशित मिति: January 21, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |