निर्वाचनको कमजोर परिणामबारे पार्टीभित्र समीक्षा नभएको भन्दै नेविसंघको विरोध
काठमाडौँ २० पुस
नेपाल विद्यार्थी संघले काँग्रेसले प्रदेशसभा तथा प्रतिनीधी सभाको निर्वाचनमा कमजोर नतिजा आउँदा पनि पार्टीभित्र समीक्षा वैठक नबसेको भन्दै मौन विरोध जनाएको छ । नेविसंघले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वले निर्वाच्न सकिएको लामो समयमा पनि केन्द्रीय समिति र महासमितिको बैठक मार्फत हारको समिक्षा नगरेको भन्दै विरोध जनाएका हुन् ।
नेविसंघका केन्द्रीय सदस्य सुशील तिमल्सिना, अनिलकुमार शाही, अर्जुन बम, पुजन गन्र्धव, सुनिता पोख्रेल, पुनम लामा, एलिजा ढकालका साथै उपत्यकाभित्रका विभिन्न क्याम्पसका अध्यक्ष तथा स्ववियू सभापतिको सहभागिता रहेको थियो ।नेविसंघका कोषाध्यक्ष शिव रिमालले भने “पार्टीले कमजोर नतिजा ल्याएकोमा पार्टीभित्र गम्भीर समीक्षा हुनुप¥यो, यसका लागि तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने हाम्रो माग हो ।”
नेविसंघका कोषाध्यक्ष शिव रिमालले पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कमजोर नतिजा आउनुको नैतिक जिम्मेवारी कसले लिने, पार्टीभित्र समीक्षा बैठक हुन नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षणका लागि मौन विरोध गरिएको जानकारी दिएका छन् ।
प्रकाशित मिति:
January 04, 2018