• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic » साञ्जेन र रसुवागढीको आईपिओ सेयर एक महिनापछि मात्र भर्न पाइने
साञ्जेन र रसुवागढीको आईपिओ सेयर एक महिनापछि मात्र भर्न पाइने

काठमाडौं । साञ्जेन र रसुवागढी जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) बिक्री गर्ने समय एक महिना पर धकेलिएको छ । रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइरालाले कम्पनी रजिस्ट्रार कार्यालयलाई केही कागजात बुझाइएको र केही कागजात बुझाउन बाँकी रहेको जानकारी दिए । 

कम्पनीले केही दिनपहिले वार्षिक साधारणसभा सम्पन्न गरेर आइपिओ जारी गर्ने प्रस्ताव पारितसमेत गरिसकेको छ । फागुनको पहिलो साता आइपिओ जारी हुने उनले बताए । उनका अनुसार नियमानुसार आइपिओ जारी गर्नुभन्दा २१ दिनपहिले आह्वानपत्र सार्वजनिक गर्नुपर्ने भएकाले पनि केही समय लागेको हो ।

रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजारबराबरको १ करोड ६४ लाख २१ हजार कित्ता र साञ्जेनले ८७ करोड ६० लाखबराबरको ८७ लाख ६० हजार कित्ता सीमित आइपिओ निष्कासन गर्न लागेको हो । धितोपत्र बोर्डले साञ्जेनलाई २६ मंसिर र रसुवागढीलाई २० पुसमा आइपिओ निष्कासनको अनुमति दिएको थियो ।

दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई २ अर्ब ५१ करोड ८१ लाखबराबरको २ करोड ५१ लाख ८१ हजार कित्ता आइपिओ बिक्री गर्ने तयारी गरेको आजको नयाँ पत्रिकामा खबर छ  ।

रसुवागढी हाइड्रोको साधारण सेयर निष्कासनको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् । साञ्जेनको भने बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।

प्रकाशित मिति: January 20, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |