डा. केसी विरुद्धको मुद्धामा आज सुनुवाई हुने
पौष २६, काठमाडौँ
अदालतको मानहानी गरेको अभियोगमा पक्राउ परेका डा.गोविन्द केसी विरुद्ध दायर मुद्दामा बहस भइरहेको छ। केसी विरुद्ध दायर मुद्दामाथि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सुरु भएको हो।
डा.गोविन्द केसी विपक्षी रहेको अदालतको अपहेलनासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजय प्रसाद मिश्र, लेखनाथ भट्टराई लगायतका कानुन व्यवसायीले केसीको तर्फबाट बहस गर्ने छन् ।
प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई कारबाही हुनुपर्ने, उनको राजीनामा र क्रियाकलापमाथि छानबिन हुनुपर्ने माग गर्दै उनले अनसन घोषणा गरेका छन्। उनको पहिलो पाँचवटा माग राखेका छन्।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा. डा. शशी शर्मालाई पुनर्बहाली गराउने सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी उनले सोमबार अनशन सुरु गरेका थिए।
चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा सुधारका विषय उठाएर यसअघि १३ पटक अनसन बसिसकेका त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीलाई सोमबार अनसनस्थलबाटै पक्राउ गरिएपछि सर्वत्र विरोध भएको छ।
१४ औँ अनसनका क्रममा उनलाई पक्राउ गरिएपछि सामाजिक सञ्जालबाट सुरु भएको विरोध मंगलबार सडकमा पनि देखिएको थियो। बुधबार पनि माइतीघर मण्डलामा केसीको रिहाइको मागसहित विरोध प्रदर्शन गरिने उनका समर्थकहरूले जनाएका छन्।
प्रकाशित मिति:
January 10, 2018