राष्ट्र निर्माणको जिम्मा बामगठबन्धनको काँधमा आएको छ : एमाले अध्यक्ष ओली
पौष २७ काठमाडौँ
राष्ट्रिय एकता दिवसका अवसरमा बोल्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताले बामगठबन्धमाथि गरेको वश्वासलाई आत्मसाथ गर्दै एकताबद्ध भएर अगाडि बढ्ने बताएका छन् । ओलीले नेपाली जनताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने जिम्मेवारी बामगठबन्धलाई सुम्पेको बताउँदै देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् ।
ओलीले सन्देश दिँदै भने “हाम्रा पुर्खाले लडेर नेपाल बचाएका हुन्, अब हामीले लड्नु पर्दैन, केवल अडे मात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्छ” । उनले सन्देशमा भनेका छन् , “नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्नेहरु अब कमजोर भइसकेका छन् ।”
अध्यक्ष ओलीले पृथ्वीनारायण शाहले नेपालका विभिन्न भूभागलाई एकीकृत गरी अखण्ड राख्न योगदान दिएको उल्लेख पनि गरेका छन् । आज मनाइने एकता दिवसका लागि सरकारले राष्ट्रिय बिदा दिएको छ ।
प्रकाशित मिति:
January 11, 2018