BBC Nepali Service Listen Free
बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को जून ७ तारीखमा शुरू भएको हो।
पहिले साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन हुदै दैनिकरुपमा नेपाली समय अनुसार बेलुकीको पौने नौ बजे
BBC Nepali Sewa देशभरका १५० वटाभन्दा बढी एफएमका फ्रिक्वेन्सीहरुमा देश-विदेशका समाचार, विचार र विश्लेषणहरुका साथ प्रस्तुत हुने गर्दछ ।
आरम्भ र विकास
शुरु, शुरुका वर्षमा साप्ताहिक समाचार तथा घटना समीक्षाको रुपमा प्रसारित भएको यस कार्यक्रमको त्यतिबेल मुख्य स्रोता हंगकंगमा कार्यरत ब्रिटिश गोर्खा सैनिकहरु हुन्थे।
कार्यक्रम प्रसार हुन थालेको १० वर्षसम्म यसको संचालन मुख्यत: बेलयातमा अध्यनरत विद्यार्थीहरुबाट हुने गर्दथ्यो।
तत्कालिन विद्यार्थी र उत्तरी आयरलण्डको एउटा विश्वविद्यालमा लामो प्राध्यापनपछि हाल अवकाशप्राप्त जीवन विताइरहेका पूरन अग्रवाल नेपाली सेवाको पहिलो प्रस्तोता थिए।
पहिले प्रशिक्षार्थी र त्यसपछि वरिष्ठ उत्पादकका रुपमा मणि राणाले र पहिले कार्यक्रम उत्पादक र पछि नेपाली सेवाको प्रमूखका रुपमा खगेन्द्र नेपालीले नेपाली सेवामा झण्डै तीन दशकसम्म काम गरे।
१९७० को दशकको अन्तिम ताकादेखि बीबीसी नेपाली सेवामा विविधताहरु थपिन शुरु भए र क्रमश: प्रसारण समय बढदै हप्तामा पांच अनि सात दिन भयो।
नेपाली सेवा शुरू भए यता नेपालमा धेरै ठूल्ठूला घटनाहरु भएका छन्।
हरेक ऐतिहासिक घटनाका बेला आईपर्ने सबै चुनौतीहरुभन्दा माथि उठ्ने प्रयास गर्दै बीबीसी नेपाली सेवाले तथ्यपूर्ण र वस्तुपरक समाचारका साथसाथै तिनको पृष्ठमूमि र तिनबारे गहन विश्लेषणहरु प्रस्तुत गरिआएको छ।
त्यसैको परिणामस्वरूप हुनुपर्छ नेपाली सेवा नेपाल तथा संसारभरीका नेपाली भाषी स्रोतामाझ बढ्दोरूपमा लोकपृय रहिआएको छ।
सन् २००९ जनुवरीमा भएको स्रोता सर्वेक्षण अनुसार नेपालभित्र नेपाली सेवाका ५२ लाख स्रोता रहेका छन्।
नेपाल बाहिर लाखौं स्रोताले इन्टरनेटमा नेपाली सेवा सुन्ने गर्दछन्।
Listen BBC Nepali Sewa
Unable to listen ??? सुन्न सकिएन भने एकपटक pause गरेर play गर्नु होला | कहिले काही प्राबिधिक गडबढीले पनि यस्तो हुने गर्दछ | pause गरेर play गर्दा पनि भएन भने Click here to try again यहाँ क्लिक गर्नु होस्
It require windows media player plugin to play the FM.if plugin is not install you are unable to see the media player.you can download and install media player plugin from hereContact:
ईमेल: nepali.letters@bbc.co.uk
पत्र लेख्ने ठेगाना:
बीबीसी नेपाली सेवा
पोष्ट बक्स नम्बर ६७२
काठमाण्डौ, नेपाल
प्रकाशित मिति:
January 03, 2012