अचम्म–अचम्म पनि भए पहिलो दिनको एसएलसीमा
स्कुल लिभिङ सर्किफिकेट अर्थात एसएलसी परीक्षा मंगलबारबाट देशैभर एक साथ सुरु भएको छ । सुरुतामा यसलाई फलामे ढोका भन्ने गरिएता पनि अहिले आएर त्यो हटेको छ ।
तर धेरैले अहिले पनि एसएलसीलाई फलामे ढोका नै भन्ने गर्दछन् । तर अब पिसिएल हटाएर देशव्यापी बनाइएको प्लस टुलाई बरु फलामे ढोकाको मान्यता भन्न या दिन सकिने भएको छ ।
जे भए पनि आजबाट सुरु भएको यो वर्षको एसएलसी परीक्षाका केही रोचक घटनाहरु भने यस्तो रहन गयो :
२० औँ पटक एसएलसी
आजबाट देशभर सुरु भएको एसएलसी परीक्षा अन्तर्गत नै प्यूठानमा भने एक परीक्षाले २० औँ पटक एसएलसी परीक्षा दिइरहेका छन् ।
प्यूठान ७ टारी निवासी बन्धु सुवेदीले यो पटक २० औँ पटक एसएलसी दिइरहेका हुन् । उनले गत वर्ष आफ्नो छोरासँगै १९ औँ पटक एसएलसी परीक्षा दिएका थिए तर गत वर्ष पनि अनुत्तिर्ण भएपछि उनले यो पटक भने पास हुने आशाका साथ उनले परीक्षा दिइरेका छन् । उनले २०४८ सालदेखि एसएलसी दिन सुरु गरेका हुन् । उनी भन्छन् सफलता नभएसम्म परीक्षा दिई नै रहन्छु ।
यता, दाङवाङकी उमेरले ४२ वर्ष पुगिसकेकी नर्मता कडेँल पनि यो वर्ष पास गर्ने ठूलो आशा बोकेर एसएलसी दिईरहेकी छन् ।
दुई छात्रा परीक्षा हलमै सुत्केरी
दाङ(रुकुममा एसएलसी परीक्षा दिइरहेका दुई परीक्षार्थीले बच्चा जन्माएकी छन् । पुर्वी रुकुमको तकसेरा र प्वाङ केन्द्रबाट सहभागी परीक्षार्थी हलमै सुत्केरी भएकी हुन् । तकसेरामा रेखा घर्तीले छोरा र प्वाङमा कविता बिकले छोरी जन्माएकी छन् ।
प्रश्नपत्र बितरण गरेलगतै सुत्केरी व्यथा लागेकी रेखाले केही समयमै छोरा पाएकी थिइन् ।
चिट चोराउँदै गर्दा फोटोकपी मेसिनसहित पक्राउ
आजदेखि सुरु भएको एसएलसी परीक्षा अन्तर्गत मोरङको एक परीक्षा केन्द्र नजिकै भने चिट चोराउन प्रयोग गरिने फोटोकपी मेसिन सहित एक जना पक्राउ परेका छन् ।
मोरङ हरैचास्थित पशुपति बोर्डिङ स्कुल नजिकैबाट मोरङ शिसवनी बडहरा ४ का ३१ वर्षिय नरेश विश्वास पक्राउ परेका हुन् । परीक्षा सञ्चालन भइरहेको अवस्थामा प्रश्नको उत्तर फोटोकपी गर्दै गरेको अवस्थामा ती व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।
८४ जना आमा–बाबुले दिए एसएलसी
एसएलसी परीक्षाको पहिलो दिन रत्नराज्य मावि चनौटे र चण्डेश्वरी मावि भोटसिपा केन्द्रमा बुढ्यौलीतर्फ धकेलिएका बा–आमा पनि देखिए। सन्तानले घेरिएका उनीहरु फूर्तिसाथ अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए । नआत्ती राम्रोसँग लेख्नूस् निरीक्षक उनीहरुलाई हौस्याउँथे । उनीहरुमध्ये कतिपयका छोराछोरीसमेत एसएलसी दिइरहेका छन्।
पढाइबाट वञ्चित भएकालाई औपचारिक शिक्षाको मूलप्रवाहीकरणमा ल्याउने सरकारी अवधारणअनुरुप प्रौढ (अनौपचारिक) विद्यालय सञ्चालनमा ल्याइएपछि बा–आमाले यो अवसर पाएका हुन्।
थुप्रै निष्काशित
परीक्षामा अनियमितिमा सघाएको आरोपमा तेह्रथुमको वसन्त उच्च मावी परीक्षा केन्द्रका दुई जना निरीक्षक निस्कासनमा परेका छन् । परीक्षा हल भित्र अमर्यादित गतिविधि गरेको र परीक्षार्थीलाई चिट चोराउन सहयोग गरेको भन्दै शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डे संयोजकत्वको अनुगमन टोलीले परीक्षा सुरु भएको १५ मिनेट मै उनीहरुलाई परीक्षा केन्द्र वाट निस्कासन गरेको हो ।
यस्तै , आज परीक्षाको पहिलो दिन मोरङको बनिगामा परीक्षाको मर्यादा विपरित काम गरेको भन्दै दुई जना निरीक्षक राजनारायण चौधरी र बैजनाथ खवास निष्कासित भएका छन् । यसैगरी रुकुमकै नुवाकोट परीक्षा केन्द्रमा अमर्यादित कार्य गरेको भन्दै तीन शिक्षक र तीन परीक्षार्थीलाई निष्काशन गरिएको छ ।
नक्कली परिक्षार्थी पक्राउ
एसएलसी परिक्षाको पहिलो दिन मंगलवार सर्लाहीको गड्हिया मावि केन्द्रबाट एकजना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । अर्कोको नाममा परीक्षा दिइ रहेका हथिऔल गाबिस-२ का अभिषेककुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
र यो पनि
परिक्षाभर सल्यान जिल्लाका परीक्षा केन्द्रमा रहेका शौचालय बन्द गरिने भएको छ। विद्यार्थीले शौचालयभित्र गएर परीक्षामा अनियमितता गर्ने भन्दै परीक्षा केन्द्रमा रहेका स्थायी शौचालय परीक्षा अवधिभर बन्द गर्न लागिएको हो ।

प्रकाशित मिति:
March 20, 2012