सेक्स गरे झैँ मज्जा दिन्छ रे फेसबुकले !
हुन त अनुसन्धान पनि आजकल अनेक खनेकका हुन थालेका छन् । अनि निष्कर्ष पनि नानाथरिका निस्कन थालेका छन् । यस्ता अनुसन्धानले पत्ता लगाएका कुरा कति त हाँस उठ्दा, उदेश लाग्दा, काम नभएकाले खेलाचीँ गरे जस्तो पनि देखिन थालेको छ । तर सबै चाँही होइन है ।
अनि हालसालैको कुरो हो एक अनुसन्धानले फेसबुकले यौनसम्बन्धले दिने जति नै आनन्द तथा सन्तुष्टि दिने निष्कर्ष निकलेको छ ।
हार्वर्ड युनिभर्सिटीका न्युरोसाइन्टिस्ट डायना तामिर र उनकी सहकर्मी जैसन मिसेलले हालै गरेको अनुसन्धानले यस्तो कुरा खुलासा गरेको हो ।
अनुसन्धानले फेसबुकमा आफ्नो बारेमा बढाइचढाइ गफ गर्नेहरुले यसबाट निकै आनन्द लिने गरेको बताएको छ । फेसबुक प्रेमीहरुले यसबाट यति आनन्द र सन्तुष्टी लिने गर्छन् कि जति खाना खाँदा, पैसा कमाउँदा तथा यौन सम्बन्ध राख्दा मिल्ने गर्छ ।
यस अनुसन्धानमा सहभागीहरुले समय र पैसाको पर्वाह नगरी फेसबुकमा डुब्ने गरेको बताएका छन् । अधिकांश सहभागीहरुले फेसबुक बिनाको दैनिक कल्पना समेत गर्न नसक्ने बताएका छन् । फेसबुकले आफूहरुलाई अपडेट र क्रियाशील बनाउने पनि सहभागीहरुले विचार व्यक्त गरेका छन् । अमेरिकी रिसर्च टिमले फेसबुकप्रति मान्छेको मस्तिष्कको प्रतिक्रिया जान्नको लागि एमआरआई स्क्यान प्रयोग समेत गरिएको थियो ।
सो रिसर्चबाट मान्छेले आफ्नो बारेमा कुरा गर्दा उनीहरुको मस्तिष्कको मेसोलिम्बिक डोपामाइन सिस्टम अधिक सक्रिय रहेको पत्ता लागेको छ । जसबाट मानिसले यौन सम्बन्ध राख्दा खेरीको आनन्दको अनुभव गराउँने गर्छ । पैसा कमाउन तथा मिठो खाना खाँदाखेरि मस्तिष्कमा यो सिस्टम अधिक क्रियाशील हुने गर्दछ । जसले मानिसलाई आनन्दित तथा सन्तुष्टि दिने गर्दछ ।
अनुसन्धानकर्ता न्युरोसाइन्टिस्ट डायनाले मानिसहरुले आफ्नो बारेमा कुरा गर्दा सबैभन्दा सुख महशुस गर्ने गरेको बताएकी छिन् । सो अनुसन्धान अमेरिकाका बासिन्दाहरु आफ्नो कमाइको १७ देखि २५ प्रतिशत रकम आफूलाई भावनात्मक रुपमा आनन्दित बनाउनको लागि खर्च गर्ने गरेको तथ्य पनि बाहिर ल्याएको छ । (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति:
May 29, 2012