फिलिपिन्सका प्रधानन्यायाधीश भ्रष्टाचारको मुद्दामा बर्खास्त
फिलिपिन्सका प्रधानन्यायाधीश रेनाटो कोरोनालाई मङ्गलबार संसदले लाखौँ अमेरिकी डलर लुकाएको भनी भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै पदमुक्त गरेको छ र यसलाई राष्ट्रपति बेनिग्नो अक्विनाको भ्रष्टाचार निवारण कार्यक्रमको विजयको रूपमा लिइएको छ ।
यो महाभियोगको मुद्दा छिनिन चार महिना लागेको थियो र सर्वोच्च अदालतका प्रधानन्यायाधीश रेनाटो कोरोनाले सम्पत्ति सार्वजनिक गर्न नसकी संविधानको उल्लङ्घन गरेको तथा सार्वजनिक विश्वास तोडेको आरोप लगाइएको थियो ।
यसका लागि संसदको माथिल्लो सभाका २३ सांसदमध्ये दुई तिहाइ मत आवश्यक पथ्र्यो र तीमध्ये २० सांसदले उहाँ दोषी भएको फेला पारेका थिए । यसले उहाँ फिलिपिन्सको इतिहासमा महाभियोग लगाइ पदमुक्त हुने पहिलो प्रधानन्यायाधीश बन्नुभएको छ ।
अक्विनाको प्रवक्ता एड्विन लासिएर्डाले एएफपीलाई सन् १९८७ को संविधान अनुसार संसदको महाभियोग अदालतले प्रधानन्यायाधीशलाई पदबाट हटाउने तथा सार्वजनिक पदमा रहनका लागि अयोग्य ठह¥याउने निर्णय गरेको बताउनुभयो ।
राष्ट्रपति अक्विनोले फिलिपिन्सको समाजका सबै तहमा रहेको भ्रष्टाचारको संस्कृति अन्त्य गर्न प्रधानन्यायाधीश कोरोनालाई पदमुक्त गर्नु अति नै महत्वपूर्ण रहेको बताउनुभएको थियो । उहाँले पूर्व राष्ट्रपति आरोयोको सन् २०१० सम्मको एक दशक लामो शासनकालमा भ्रष्टाचार निकै मौलाएको दाबी गर्नुभएको थियो ।
अक्विनोले निकै अधिक बहुमत प्राप्त गरी तात्कालीन राष्ट्रपति आरोयोलाई प्रतिस्थापन गर्नुभएको थियो । उहाँले मुलुकमा व्याप्त गरिबीका कारण भ्रष्टाचार व्यापक भएको बताउँदै त्यसलाई निवारण गर्न आफूले पाइला चाल्ने बताउनुभएको थियो ।
उहाँले पदमा आउनासाथ पूर्व राष्ट्रपति आरोयोले नियुक्त गर्नुभएका सरकारी संस्थाका अधिकारीहरूलाई पदमुक्त गर्नुभएको थियो र आरोयो समर्थक सरकारी न्यायाधीवक्तालाई पनि हटाउनुभएको थियो ।
उहाँले हाभार्डमा तालिम प्राप्त कानुनव्यवसायी तथा राष्ट्रपति आरोयोका नजिकका सहयोगी कोरोनाले पूर्व राष्ट्रपतिलाई मुद्दा चलाउन नदिएर आफ्नो भ्रष्टाचार निवारण प्रयासलाई अवरुद्ध पारेको आरोप लगाउनुभएको थियो ।
उहाँले पूर्व राष्ट्रपति आरोयोगले कोरोनालाई प्रधान न्यायाधीश पदमा गैरकानुनी रूपमा नियुक्त गर्नुभएको पनि आरोप लगाउने गर्नुभएको थियो ।
कोरानाले पनि गत वर्ष सर्वोच्च अदालतमार्फत पूर्व राष्ट्रपति आरोयोलाई मुलुक बाहिर जान प्रतिबन्ध लगाउने सरकारी आदेशलाई खारेज गरी राष्ट्रपति अक्विनोलाई क्रुद्ध बनाउनुभएको थियो ।
डिसेम्बर महिनामा राष्ट्रपति अक्विनोका सहयोगीले प्रतिनिधिसभामा कोरोनामाथि महाभियोग लगाउँदै यसको निवेदन माथिल्लो सभामा प्रस्तुत गरेका थिए ।
त्रिसठ्ठी वर्षीय कोरोनामाथि पूर्व राष्ट्रपतिमाथि कारबाही हुन नदिएर गैरकानुनी काम गरेको पनि अरोप लगाइएको छ ।
कोरानाले गत साता आफूले ४० लाख अमेरिकी डलरभन्दा बढी रकम बैंकमा रहेको स्वीकार गर्दै यसको विषयमा सार्वजनिक नगरेको स्वीकार गर्नुभएको थियो । उहाँले आफूले यो रकम आफ्नो पेसाबाट कमाएको दाबी गर्नभएको छ ।
यसका लागि राष्ट्रपति अक्विनोलाई सेनाको पनि सहयोग प्राप्त छ । राष्ट्रपतिले सिनेटको निर्णयलाई स्वागत गर्नुभएको छ भने कोरोनाले पनि एक विज्ञप्ति प्रकाशित गरी यस निर्णयलाई स्वीकार गर्नुभएको छ । रासस/एएफपी

प्रकाशित मिति:
May 29, 2012