प्रधानमन्त्रीले चीन र भारतका राजदूतलाई जानकारी दिन थालेपछि...
संविधान नै जारी नगरी संविधानसभा विघटन भएसँगै पुनः छिमेकी राष्ट्र चीन र भारतले नेपालको राजनीतिक घटनाक्रमबारे चासो बढाएका छन् । एक छिमेकी राष्ट्रले अर्को छिमेकी राष्ट्रपति यसरी चासो देखाउनुलाई नै त खासै अनौठो मान्न सकिदैन ।
सोही क्रममा प्रधानमन्त्री डा. बावुराम भट्टराईसँग चिनियाँ राजदुत याङ्ग होउलान र भारतीय राजदुत जयन्त प्रसादबीच सोमवार र मंगलबार अलग अलग भेटवार्ता गरे ।
भेटको क्रममा राजदुतहरुले मुलुकमा विकसित वर्तमान घटनाक्रमबारे चासो देखाउँदै जिज्ञासा राखेको र प्रधानमन्त्रीले घटनाक्रमबारे बताएर उनीहरुको जिज्ञासा पूरा गरेको बताइएको छ ।
भेटमा प्रधानमन्त्रीले सरकार लोकतान्त्रिक प्रक्रियाबाट नै अघि बढ्ने बताएका छन् । त्यस्तै लोकतान्त्रिक बाटो अगाल्न नै संविधानसभा निर्वाचनको घोषणा गरेको पनि प्रधानमन्त्रीले बताएको विभिन्न समाचारहरुमा उल्लेख गरिएको छ ।
यहाँ अलि आश्चर्य र अदेक लाग्दो कुरो त के छ भने राजदूतलाई सह–सचिव स्तरका कर्मचारीका रुपमा लिइन्छ र सही कुरो त्यही नै हो ।
अनि नेपाली राजदूतहरुले सम्बन्धित देशका प्रधानमन्त्रीलाई भेट्न भिषा नै हाने बराबर गर्नु पर्छ । यतिसम्म कि कमै मात्रामा राजदूतहरुले त्यहाँका प्रधानमन्त्री तथा राष्ट्रपतिलाई भेट गरेर फर्कने गरेका छन् ।
केही काम परि गएमा पनि सम्बन्धित मन्त्रालयका कर्मचारीसँग मात्रै भेट हुन्छ नेपाली राजदूतहरुको ।
तर नेपालमा भने नेपालका लागि खटिएका राजदूतहरुले प्रधानमन्त्रीलाई सिँधै भेट्न मात्र होइन राजनीतिक घटनाक्रमबारे सिँधै के के भइरहेको छ भनेर सोध्ने गरेका छन् । अनि प्रधानमन्त्रीहरुले पनि बेलिविस्तार घटनाक्रम र भावि योजना समेत बताउने गरेका छन् ।
राजदूतहरुले काम परेमा सम्बन्धित मन्त्रालयका कर्मचारीलाई भेट्नु पर्ने हो । अझै जटिल विषय भएमा मात्रै त्यो पनि समय लिएर मात्र प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्ने हो तर त्यो हुन सकेको छैन । एक त हामीलाई हेपेर त्यसो गरिएको हो भने दोस्रो हामी आफैँ पनि हेपाई मागेर पनि त्यस्तो हुन गएको छ ।
छिमेकी राष्ट्रहरुले राजनीतिक घटनाक्रमबारे चासो देखाउनु त ठिकै हो तर यसरी हेपाई शैलीमा सिँधै प्रधानमन्त्रीसँगै नै जिज्ञासा राख्ने र प्रधानमन्त्रीले पनि उनीहरुलाई खुसी पारेर पठाउने परम्पराको अन्त्य अझै हुन नसक्नु दुःखद कुरो हो ।

प्रकाशित मिति:
May 29, 2012