तिघ्रा देखाउने केटीहरु निषेध
असार १६ – सामुदायिक र संस्थागत विद्यालयमा अबदेखि तडकभकड किसिमका ड्रेसका साथै अश्लील गीत तथा पहिरचन निषेध गरिएको छ ।
शिक्षा विभागले नेपाली लोकसंस्कृति झल्किने देशभित्र बोलिने कुनै पनि भाषाको राष्ट्रियता जगाउने गीतमात्र बजाउन पाउने कडा निर्देशन विद्यालयहरुका लागि ल्याएको हो ।
त्यसका निम्ति सबै जिल्ला शिक्षा कार्यालय र सम्बन्धित विद्यालयमा निर्देशन जारी गरेको विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
अब विद्यालय कलेज, प्लस टुहरुमा कुनै डान्स बारमा जस्तो भड्किलो गीत र अश्लीलता जनाउने पहिरन नियम पालना भए निषेध हुने भएको हो ।
यसो भएमा तिघ्रा देखाएर आउने युवतीहरु अब पुरै कपडा लगाउन बाध्य हुने छन् भने कुनै पनि कार्यक्रममा हिन्दी र अंग्रेजी रिमिक्स् गीतहरु बज्ने चलन पनि अन्त्य हुने भएको छ । विद्यालयहरू सञ्चालन हुने विभिन्न समारोह, वाषिर्क अभिभावक भेलालगायतका कार्यक्रममा भड्किला गीतमा अश्लीलजन्य पहिरनमा विद्यार्थी सहभागी गराइएको गुनासो बढेपछि विभागले यो नीति लिएको जनाएको छ ।
यसअघि उच्च मावि तहमा पढ्ने विद्यार्थीले कक्षामा मोबाइल निषेध गरिएको छ । त्यसैगरी कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले कलेजमा मोटरसाइकल लिएर आउन नपाउने र छात्राले छोटो स्कर्ट लगाउन नपाउने नियम लागू गरिएको छ । युट्युबमा भेटिएको Typical Nepali Dress and Dance भने यस्तो रहेछ हेर्नुहोस तल भिडियो

प्रकाशित मिति:
June 30, 2012