यो देशमा जे जति यौन पेसामा लागेका छन् । उनीहरु बिहान बेलुकी हात र मुख जोड्नका लागि मात्रै हो भनेर हामीले बुझ्ने गरेका छौँ । र सत्य के पनि हो भने जब महिला तथा युवतीहरुले जागिर नै पाउँदैन या त पाएको जागिरले पनि आफ्नो परिवार छान्न सक्दैनन् अनि उनीहरु विवश हुन्छन् आफ्नो शरीर बन्धक राखेरै भएपनि पैसा कमाउन ।
जुन समुहमा श्रीमानद्वारा हेलित भएका, वा घरपरिवारले पनि वास्ता नगरेकाको संख्या पनि कम छैन । जहाँ उनीहरुसँग छोराछोरी हुन्छन् अनि उनीहरुले आफ्नो पेट पाल्न छोराछोरीको पेट बचाउँन र लालनपालन मात्रै होइन शिक्षा-दिक्षा खर्च समेत जुटाउन त्यो बाटो सम्हालन बाध्य हुन्छन् ।
यही कोटीमा राजधानी बाहिरबाट पढ्न आएका युवतीहरु पनि सजिलै हिड्न पुग्छन् र हिडिरहेका पनि छन् । तर यौन पेशामा लाग्नेहरु बाध्यतावश मात्रै लागेका भने नहुँदारहेछन् । कोही त सानै उमेरदेखि नै कमाईका लागि र मज्जाका लागि समेत यो पेशा अगाली रहेका हुँदारहेछन् ।
केही समय अगाडी नक्सालको टाउन प्लाजामा छापा मारेर प्रहरीले दुई किशोरीसहित सञ्जीव लामा र सोमबहादुर तामाङलाई पक्राउ गरेको थियो ।
उनीहरु हाई प्रोफाइल अर्थात लाहुरे, धनाध्यहरुका हेर्दै च्वाक देखिने प्रकारका केटी सप्लार्इ गर्नेहरु रहेछन् । क्यासिनो र स्टार होटलहरुमा गएर प्लस टु र स्कूले विद्यार्थीहरु आफूसँग रहेको भन्दै एक रातको ५० हजार रुपैयाँ लिएर केटी मिलाउने उनीहरुको काम रहेछ ।
केटीहरुलाई भने उनीहरुले बढीमा १० हजार मात्रै दिने रहेछन् । जुन घटना एबिसी टेलिभिजनले प्रशारण गरेको थियो भिडियो हेर्नुहोस्