माइक्रो बस दुर्घटनामा १० को मृत्यु, ५ घाइतेलाई अस्पताल पठाइयो
असार १२ – आज बिहान करिब ८ बजे डोटीमा माइक्रोबस दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
डडेलधुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रो बस डोटीको छतिवन गाविस वडा नं। ९ रुवसकाडामा पल्टँदा उनीहरुको निधन भएको हो । मृतकहरुका सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते भएको ५ जनालाई भने वुडरस्थित पद्मा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
महाकाली यातायातको से १ ख ५०२ नम्वरको हाइस बस सडकबाट डेढ सय मिटर तल खसेको जनाइएको छ ।