सरकार ढालेरै छाड्ने कांग्रेस एमालेको उदघोष
वर्तमान
सरकारका विरुद्ध भोलि विशाल आमसभा गर्न लागेका कांग्रेस एमाले लगायतका
विपक्षी दलहरुले आन्दोलनबाटै सरकार ढाल्ने उदघोष गरेका छन् ।
आमसभाको आज अघिल्लो दिन कांग्रेस एमालेले राजधानीमा पत्रकार सम्मेलन गरेर भोलिको आमसभा सरकार र माओवादीको सर्वसत्ताका विरुद्ध मात्र हुने र त्यसपछि थप आन्दोलनको कार्यक्रम आउने बताएका छन् ।
कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुले भोलिको कार्यक्रमपछि सरकारको गतिबिधि हेरेर थप आन्दोलनका कार्यक्रम तय गर्ने बताए ।
पत्रकार सम्मेलनमा कांग्रेस सभापति सुशिल कोइरालाले माओवादीलाई सहमतिको बाटोमा ल्याउनका लागि आन्दोलन गरेको बताए ।
पत्रकार सम्मेलनमा भोलिको आमसभामा कांग्रेसको सुन्धरा, एमालेको भद्रकाली तथा साना दलहरुले न्यूप्लाजा, नक्साल, लैनचौरलगायतका स्थानबाट जुलुस गरी खुलामञ्चमा सभामा हुने पनि जानकारी गराइएको छ ।

प्रकाशित मिति:
June 07, 2012