बाबुरामको २८ जनाको जम्बो ब्राजिल टोलिमा मुख्य सल्लाहकार नै नअटेपछि...
असार १० – प्रधानमन्त्री डा. बाबुराम भट्टराई ब्राजिलको रियो दि जेनेरियो जाँदा जम्बो टोलिको नेतृत्व गरेर गए । जे जस्तो भए पनि उनको टोलिले अन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी सम्मेलनमा भाग पनि लिईसकेका छ ।
अनि प्रधानमन्त्रीसँग ब्राजिल जानेमा श्रीमती हिसिला यमी, वातावरण, विज्ञान तथा प्रविधिमन्त्री केशव मान शाक्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, मन्त्रिपरिषद कार्यालयका सचिव लिलामणी पौडेल, राष्ट्रिय योजना आयोग सचिवालयका सचिव युवराज भुषाल, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्ण ज्ञवाली, वन मन्त्रालयका सचिव नविनकुमार घिमिरे, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई लगायत २८ जनाको जम्बो टोलि रहेको थियो ।
यहाँ कुरो के भएछ भने यत्रो २८ जनाको जम्बो टोलिमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै राजनीतिक सल्लाहकार तथा माओवादी नेता देवेन्द्र पौडेललाई भने छुटाउन पुगे ।
देवेन्द्र पौडेलको पनि ताल परेको बेला यसो अलि अलि राष्ट्र घुमेर रमाइलो लिने योजना नै त नभएको होइन होला बरु प्रधानमन्त्रीले कि त व्यक्तिगत केही कारणले हुनुपर्छ या त जम्बो टोलिमा लैजानेमा लिस्ट नै उतार्न हैरान भएर उनलाई भने पाखा लगाएको हुनुपर्छ ।
जे होस, देवेन्द्र कामरेड ब्राजिल जान नपाएपछि या न पत्रकारले सोच्छन् किन नगएको नि प्रधानमन्त्रीको जम्बो टोलिसँग भनेर हो या त विरक्त लागेर । उनले पनि राजधानी भने छोड्न पुगे ।
प्रधानमन्त्रीको जम्बो टोलिमा नअटेपछि उनी राजधानीमा नबसेर बाहिरी जिल्लातिर बहकिन पुगेका थिए । तर बाहिरी जिल्लामा गए पनि उनले आफ्नो पीडा चाँही भने सार्वजनिक रुपमा बिसाएका छैनन् ।

प्रकाशित मिति:
June 25, 2012