एनसेल कपको फाइनलमा मनाङ
मंसिर ३० । एनसेल कप फुटबलको फाइनलमा मनाङ-मर्स्याङ्दी क्लब प्रवेश गरेको छ ।
सेमिफाइनलमा संकटा क्लवलाई १-० ले हराउँदै मनाङ फाइनल पुगेको हो । दशरथ रंगशालामा आइतबार भएको खेलमा मनाङले गरेको एक मात्रै गोल गरेपनि संकटाले फिर्ता गर्न नसकेपछि हार बेहोर्न परेको थियो ।
यसअघि शनिबार भएको खेलमा टाईब्रेकरमा आर्मीलाई हराउँदै ब्वाईज युनियन फाइनलमा पुगिसकेको छ ।
एनसेल कपमा ‘ए’ डिभिजनका १२ वटा क्लबको सहभागिता जनाएका थिए ।
प्रकाशित मिति:
December 15, 2013