केन्द्रीय कारागार नुवाकोटमा हुने
काठमाडौं मंसिर ३०। सरकारले काठमाडौंको सुनधारा स्थित केन्द्रीय कारागार नुवाकोटमा सार्न लागेको छ ।
यसका लागि गृहकार्य सुरु भएको गृहमन्त्रालयका एक अधिकारीले बताएका छन् । केही समय अगाडि मन्त्रालयले आवश्यक प्रकिया पुरा गरी कारागार सार्ने प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएको थियो । तर सो प्रस्ताव मन्त्रिपरिषमा अड्किरहेको बताइएको छ ।
मन्त्रालयले विदुर नगरपालिका ६ को चण्डीपोखरीमा जग्गाको व्यवस्था पनि गरिसकेको बताइएको छ । सो स्थानमा कारागार बनाउन भूमिसुधार मन्त्रालयले पनि सहमति जनाइसकेको स्रोतले बतायो ।
केन्द्रीय कारागार जीर्ण बन्दै गएकोले मर्मतका लागि सार्न लागिएको बताए पनि जन दवाब रोक्न मात्र सो कुरा बताइएको स्रोतले दावी गर्यो ।
बन्दीहरु सारिसकेपछि स्थायी रुपमै केन्द्रीय कारागार नुवाकोटमै बनाउने भित्री योजना सरकारको भएको स्रोतले बतायो ।
प्रकाशित मिति:
December 15, 2013