• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » केन्द्रीय कारागार नुवाकोटमा हुने
केन्द्रीय कारागार नुवाकोटमा हुने

  काठमाडौं मंसिर ३०। सरकारले काठमाडौंको सुनधारा स्थित केन्द्रीय कारागार नुवाकोटमा सार्न लागेको छ ।
 
यसका लागि गृहकार्य सुरु भएको गृहमन्त्रालयका एक अधिकारीले बताएका छन् ।  केही समय अगाडि मन्त्रालयले आवश्यक प्रकिया पुरा गरी कारागार सार्ने प्रस्ताव मन्त्रिपरिषदमा पुर्‍याएको थियो । तर सो प्रस्ताव मन्त्रिपरिषमा  अड्किरहेको बताइएको छ  ।

मन्त्रालयले विदुर नगरपालिका ६ को चण्डीपोखरीमा जग्गाको व्यवस्था पनि गरिसकेको बताइएको छ । सो स्थानमा कारागार बनाउन भूमिसुधार मन्त्रालयले पनि सहमति जनाइसकेको स्रोतले बतायो ।

केन्द्रीय कारागार जीर्ण बन्दै गएकोले मर्मतका लागि सार्न लागिएको बताए पनि जन दवाब रोक्न मात्र सो कुरा बताइएको स्रोतले दावी गर्यो । 

बन्दीहरु सारिसकेपछि स्थायी रुपमै केन्द्रीय कारागार नुवाकोटमै बनाउने भित्री योजना सरकारको भएको स्रोतले बतायो ।

प्रकाशित मिति: December 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |