जगदम्बा स्टिलमा एक मजदुरको मृत्यु
मंसिर ३० । बाराको सिमरास्थित जगदम्बा स्टिलमा गएराति सुतिरहेको अवस्थामा एक मजदुरको मृत्यु भएको छ ।
भारत उत्तर प्रदेश महाराजगन्जनगउल निवासी २० वर्षीय धनही मुसहरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जगदम्बा स्टिल परिसरभित्र रहेको कोठामा राति मजदुरहरुले चिसो छल्न बालेको कोइलाको आगोको कारण कोठामा अक्सिजनको कमी भई निस्सासिएर मृत्यु भएको अनुमान गरिएको छ ।
निस्सासिएर कम्पनिका अन्य ११ जना मजदुर बिरामी भएका छन् । बिरामीको अहिले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति:
December 15, 2013