राष्ट्रपतिको निर्वाचन अनिवार्य : ओली
मंसिर ३० । नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले नयाँ जनादेशअनुसार राष्ट्रपतिको निर्वाचन अनिवार्य हुनुपर्ने बताएका छन्।बौद्धिक वृत्त नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता ओलीले एक वर्षभित्र संविधानसभाबाट राजनीतिक सहमतिमा नयाँ संविधान बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमका अन्य वक्ताहरूले अहिलेको संविधानसभामा कुनै पनि राजनीतिक दलको बहुमत नभएकाले एक वर्षभित्र जनताले चाहेअनुसारको संविधान बनाउने कार्य निकै चुनौतीपूर्ण रहेको बताए।
नेपाली काँग्रेस र एमालेबीच पनि पदको भागबण्डाबारे विवाद उठेकाले गैरराजनीतिक वृत्तमा संविधान निर्माण नहोला कि भन्ने आशङ्का उठेको उनीहरूले औल्याए।
प्रकाशित मिति:
December 15, 2013