पारस शाहको थाईल्याण्डकी सुन्दरीसँगको प्रेम कहानी i
घरमा राम्री श्रीमती र तीन जना लालाबाला हुंदाहुंदै पूर्वयुवराज पारस शाह थाइल्यान्डकी एक युवतीसंग सल्किएपछि तीन महिनादेखि परिवारसंग सम्पर्कमा छैनन् ।
बैंककमा प्रेमिकासित बस्ने गरेका पारसले केही समयअघि श्रीमती हिमानी त्यहां गएको बेला सम्पर्कमै आउन चाहेनन । एक सातासम्म पोईले नभेटेपछि हिमानी न्याउरो मुख लगाएर छोराछोरीलाई लिएर काठमाडौं फर्केको बताइन्छ ।
डेढ वर्षअघिदेखि पारस छोरीहरू पूर्णिका र कृतिकाका साथै छोरा हृदयेन्द्रलाई पनि पढाउन लगेर उतै बस्तै आएका छन् ।१० महिनादेखि उनी काठमाडौं फर्केका छैनन ।बैंककमा प्रेमिकासित बस्ने गरेका पारसले केही समयअघि श्रीमती हिमानी त्यहां गएको बेला सम्पर्कमै आउन चाहेनन । एक सातासम्म पोईले नभेटेपछि हिमानी न्याउरो मुख लगाएर छोराछोरीलाई लिएर काठमाडौं फर्केको बताइन्छ ।
आफूले प्रयोग गर्ने गरेको थाइल्यान्डको मोबाइल नम्बरसमेत परिवर्तन गरी उनले बुबा ज्ञानेन्द्र, आमा कोमल र श्रीमतीसँग फोन सम्पर्क समेत टुटाएका छन् ।
आजको सौर्य दैनिकका अनुसार, पारसका साथीहरूले निर्मलनिवासमा खबर पुग्नेगरी उनी थाई युवतीको प्रेममा फसेको जानकारी गराएका छन् । विगतमा एकपटक निकै सुन्दरी ती युवती पारसको निम्तोमा काठमाडौंसमेत आएकी थिइन् ।
बुबा ज्ञानेन्द्रसितको खटपटका कारण पनि पारस काठमाडौंसित विरक्तिएको बताइन्छ ।
काठमाडौंमा हँदा नै पारस परिवर्तित राजनीतिक अवस्था र परिवारबाट पनि ‘फ्रस्टेड’ भएका थिए । आफूले गर्न खोजेका राम्रा काममा पनि बुबाले साथ नदिएको गुनासो उनले साथीहरूसित गर्ने गरेका थिए ।
स्रोतका अनुसार पारस युवालाई समेटेर नयाँ ढंगबाट अघि बढ्न चाहन्थे । उनी आफ्नो गलत छवि सुधार्न चाहन्थे । त्यसैले उनी एकरदुईपटक पत्नीले ‘हिमानी ट्रस्ट’का नामबाट सुरु गरेको सामाजिक कार्यमा समेत सहभागी भएका थिए । तर, बुबा ज्ञानेन्द्रले भने आफूलाई कहिल्यै विश्वास नगरेको भन्दै उनी खिन्न हुन थालेका थिए । इच्छा भएर पनि उनी बुबाकै कारण मिडियामा आउन पाएका थिएनन् ।
पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको निधन भएपछि पारस श्रद्धाञ्जली दिन पशुपति आर्यघाट जान खोजेका थिए तर पूर्वराजा ज्ञानेन्द्रले ‘परिस्थिति अनुकूल नभएको’ भन्दै उनलाई त्यहाँ जानबाट रोके ।
मुलुकमा गणतन्त्र घोषणासँगै राजतन्त्रको अन्त्य भएपछि पारस विरक्तिन थालेका थिए । - (विभिन्न अनलाइनबाट)
प्रकाशित मिति:
June 03, 2012