बबरमहलमा बम पड्काएर तीन जनाको ज्यान लिने विश्वक्रान्ति पक्राउ
असार १३ – सिंहदरबार नजिकै बबरमहलको आयाल निगमको गेट अगाडी बम पड्काउने मुख्य योजनाकार विश्वक्रान्ति उपनामका राजकुमार तामाङलाई प्रहरीले पक्रन सफल भएको छ ।
घटनालगतै भारतको सिक्किमतर्फ भागेका तामाङलाई पाँचथरको लुमु्रपा-२ स्थित भुसपाते लेकबाट पक्राउ गरिएको हो ।
तीन जनको ज्यान समेत गएको सो बम विष्फोटको घटनालगतै सञ्चारमाध्यममा फोन गरेर तामाङले नै जिम्मेवारी लिएका थिए । तामाङ तीन महिनाअघि सीमावर्ती सिक्किमबाट भुसपातेमा लुक्दै आएको थाहा पाएपछि पूर्व क्षेत्रीय प्रहरीको विशेष टोलीले पक्राउ गरी विराटनगर ल्याएको छ ।
संयुक्त जातिय मोर्चाका प्रवक्ता तथा विदेश बिभाग प्रमुख रहेका तामाङ पाँचथरमा ुनेल्सनु उपनामले बस्दै आएका थिए । उनलाई पक्राउ गर्न अगाडी पक्राउ गर्ने ठाउँ पुग्न प्रहरी टोलीलाई १६ घण्टा लागेको प्रहरीले जनाएको छ ।
विराटनगरको रानीस्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर तामाङलाई सार्वजनिक गरेको हो ।
बम बिस्फोट, बिस्फोटको प्रयास र चन्दा असुलीमा तामाङको पार्टीको १९ ठाउँमा संलग्नता रहेको तथ्यांङसँगै बरामद विस्फोटक पदार्थ र दस्तावेज प्रहरीले सार्वजनिक गरेको छ ।
यो पनि पढ्नुहोस :

- थाहा भयो विश्वक्रान्तिले नै त रहेछ नि बम पड्काको !
- सिंहदरबार नजिकै बम विस्फोट तीनको मृत्यु
प्रकाशित मिति:
June 27, 2012