• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature » राम्रोसँग माइजू भन्न पनि नजान्ने भान्जाको टाउको काटेर बोक्सी सिक्न बली
राम्रोसँग माइजू भन्न पनि नजान्ने भान्जाको टाउको काटेर बोक्सी सिक्न बली

बोक्सी विद्या सिक्ने क्रममा रौतहटमा एक जना महिलाले आफ्नै भान्जाको बलि दिएकी छिन् । राम्रोसँग माइजू भन्न पनि नजान्ने भान्जाको टाउको काटेर रौतहटकी मायादेवी यादवलेहत्या गरेकी हुन् ।

जेठ १० गते शनिबार राति रौतहटको समनपुर गाविसकी २५ वर्षीया मायादेवी यादवले गाउँकै धामी छविलाल यादवसँग मिलेर तीन वर्षीय भान्जाको हत्या गरेको उनले स्वीकार गरेकी छिन् ।
रौतहटको समनपुरस्थित बागमत नदी किनारमा मङ्गलबार तीन वर्षीय बालक नितशकुमार यादवको काटिएको टाउको र मङ्गलबार राति ती महिलाले पूजा गर्ने कोठामा बालकको शव फेला परेपछि घटना सार्वजनिक भएको थियो । सर्लाहीको मानपुर गाविस ९ निवासी गणेशराय यादवका छोरा नितेश आफ्नो मामाघर रौतहटमा आमासँगै एक महिनादेखि बस्दै आएका थिए । आमा बजार गएको बेला हराएका नितेशको घर परिवारका अन्य सदस्यले खोजी गरेपनि फेला नपरेको र मङ्गलबार मात्रै शरीर र टाउको छुट्टाछुट्टै ठाउँमा फेला परेको थियो । धामी छविलाल यादवले मन्त्र लगाएर आफूलाई भान्जाको घाँटी रेट्न लगाएको मायादेवीले बताएकी छिन् ।
दुवैजना मिलेर बालकको गाउँ नजिकै रहेको ब्रम्हस्थानमा राति १२ बजेतिर घाँटी रेटेर मारेको र शरीरलाई पूजा कोठामा गाडेको र टाउकोलाई नदीमा फालेको मायादेवीले बताएकी छिन् । ती महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ भने फरार रहेको धामी छविलालको खोजी भइरहेको छ । प्रहरीले महिलाको घरबाट धारिलो घरेलु हतियार र अन्य केही समानसमेत बरामद गरेको थियो ।(यो सामग्री सत्यकथा पुस्तकबाट लिएको हो ।)

प्रकाशित मिति: June 19, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |