राम्रोसँग माइजू भन्न पनि नजान्ने भान्जाको टाउको काटेर बोक्सी सिक्न बली
बोक्सी
विद्या सिक्ने क्रममा रौतहटमा एक जना महिलाले आफ्नै भान्जाको बलि दिएकी
छिन् । राम्रोसँग माइजू भन्न पनि नजान्ने भान्जाको टाउको काटेर रौतहटकी
मायादेवी यादवलेहत्या
गरेकी हुन् ।
रौतहटको समनपुरस्थित बागमत नदी किनारमा मङ्गलबार तीन वर्षीय बालक नितशकुमार यादवको काटिएको टाउको र मङ्गलबार राति ती महिलाले पूजा गर्ने कोठामा बालकको शव फेला परेपछि घटना सार्वजनिक भएको थियो । सर्लाहीको मानपुर गाविस ९ निवासी गणेशराय यादवका छोरा नितेश आफ्नो मामाघर रौतहटमा आमासँगै एक महिनादेखि बस्दै आएका थिए । आमा बजार गएको बेला हराएका नितेशको घर परिवारका अन्य सदस्यले खोजी गरेपनि फेला नपरेको र मङ्गलबार मात्रै शरीर र टाउको छुट्टाछुट्टै ठाउँमा फेला परेको थियो । धामी छविलाल यादवले मन्त्र लगाएर आफूलाई भान्जाको घाँटी रेट्न लगाएको मायादेवीले बताएकी छिन् ।
दुवैजना मिलेर बालकको गाउँ नजिकै रहेको ब्रम्हस्थानमा राति १२ बजेतिर घाँटी रेटेर मारेको र शरीरलाई पूजा कोठामा गाडेको र टाउकोलाई नदीमा फालेको मायादेवीले बताएकी छिन् । ती महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ भने फरार रहेको धामी छविलालको खोजी भइरहेको छ । प्रहरीले महिलाको घरबाट धारिलो घरेलु हतियार र अन्य केही समानसमेत बरामद गरेको थियो ।(यो सामग्री सत्यकथा पुस्तकबाट लिएको हो ।)
प्रकाशित मिति:
June 19, 2012